दाङ, ६ पुष ।
तुलसीपुरमा जारी महोत्सवको समय तीन दिन बढाइएको छ । तुलसीपुरमा पुस्तकालय स्थापना गर्नो उदेश्यले युथ्स अफ तुलसीपुरका आयोजनामा प्रथम लुम्बिनी प्रदेश स्तरिय केषि पर्यटन महोत्सवको समय पुस ९ गते थप भएको हो ।दर्शकको माग बढे पछि समय थप गरिएको आयोजक सस्था युथ्स बफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए ।
महोत्सवमा बुधवार गायक बद्री पंगनीले दर्शकलाई छमछम नचाएका थिए पंगेनीले दर्जन बढी गित गाएका थिए भने अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिइन । बुधवार १४ हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक डम्बर डाँगीले बताए ।
लाइभदाङ । ६ पुष २०७९, बुधबार १८:१२ बजे