अप्टिमिष्ट क्लव अफ तुलसीपुरको सचिवालय उद्घाटन

तुलसीपुर
४ पुस / अप्टिमिष्ट क्लब अफ तुलसीपुरको सचिबालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच क्लबको सचिबालय उद्घाटन गरिएको हो । क्लबका अध्यक्ष मान वहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सम्पुर्ण सल्लाहकारहरुले सचिबालय उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा वक्ताहरुले क्लबले सञ्चालन गर्ने सामाजिक कार्यको संस्थागत विकासमा थप सहज हुने धारणा राखेका थिए । कार्यक्रममा सल्लाहकारहरु मेघराज घिमिरे, गिरिराज डाँगी,विष्णु देवकोटा,झरेन्द्र खरेल,मेघराज घिमिरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


उपाध्यक्ष कमल सापकोटाले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए, भने अप्टिमिष्ट आस्था वाचन संयोजक डम्वर डाँगीले गरेका थिए ।

बालवालिका तथा किशोर किशोरीहरुका लागी सकारात्मक भावना तथा आशावादी जिवन दर्शनको प्रवर्दन गर्ने उद्देश्यले क्लब सञ्चालमा आएको थियो ।