तुलसीपुरमा माईल्स् इन्टरनेश्नल कन्सलटेन्सी सञ्चालनमा

तुलसीपुर
४ वैशाख / दाङको तुलसीपुर ५ जेसिज चोकबाट माईल्स् इन्टरनेश्नल कन्सलटेन्सी सञ्चालनमा आएको छ । अष्टे«लिया, युरोपका देशहरु, युएस, क्यानडा, युकेलगायतमा पढ्न जानकालागि पीटी तथा आयल्सका कक्षाहरु सञ्चालन गर्न उक्त कन्सलटेन्सी सञ्चालनमा ल्याईएको हो । यस अघि आयल्स गर्न काठमाडौंलगायत अन्य स्थानमा जानुपर्ने अबस्था थियो ।

यसलाई अन्त्य गरी आफ्नै ठाउँमा सेवा गर्ने उद्देश्यले उक्त कन्सलटेन्सी सञ्चालनमा ल्याएको हो । तुलसीपुरका युवाहरु सन्दिप भुषाल, आकाश सिंह र सर्मीला डीसीको लगानीमा उक्त कन्सलटेन्सी सञ्चालनमा आएको हो ।‘अब काठमाडौं गएर धेरै पैसा खर्च गर्नुपर्दैन, हामीले आफ्नै ठाउँमा आयल्स,पीटी पठन–पाठनको व्यबस्था गरेका छौं’भुषालले भने‘अब विद्यार्थीहरुलाई निकै सहज हुने भयो ।’


कन्सलटेन्सीको तुलसीपुरमा शाखा सञ्चालनमा आएको हो । यो संगै नेपालमा ६ वटा शाखाहरु सञ्चालनमा छन् । यसको मूख्य कार्यालय अष्टे«लियामा छ । उद्घाटन आज गरिएको भएपनि कक्षा भने यस अघि नै सञ्चालनमा थिए । अहिलेसम्म केही विद्यार्थी अष्टे«लिया गइसकेको समेत उनले बताए ।

त्यस्तै अब ४२ जना प्रोसेसमा रहेको समेत उनको भनाई छ । अहिले सम्राट न्यौपानेले कक्षा दिइरहेका छन् । उक्त कन्सलटेन्सीमा गुणस्तरमा निकै फरकरहेको समेत बताए । उनले भिषा रिजेक्ट नहुने गरि पढाई हुने गरेको बताए । शाखाको उद्घाटन कार्यक्रममा कन्सलटेन्सिका अष्ट्रेलियाका स्वदेश जैसवाल, काठमाडौंको बानेश्वर शाखा प्रमुख विवेक सिवाकोटी, जोरपार्टी शाखाका गणेश दंगाल, पत्रकार दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।