हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर पु¥याउन खोजेपछि..

दाङ,२६ मंसिर । दाङमा एक महिलाले हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर पु¥याउन खोज्दा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रहरी हिरासतमा श्रीमानलाई फलफूलमा लुकाएर ब्राउन सुगर पु¥याउन खोज्दा घोराही १५ निवासी शान्ति खड्का लाई पक्राउ गरिएको हो ।

           


लागुऔषध मुद्दा चलेर अनुसन्धानकालागि हिरासतमा रहेका २२ बर्षीय श्रीमान अशोक खड्कालाई ब्राउनसुगर लिदै गर्दा सोमबार पौने ९ बजेतिर प्रहरीले पक्राउ गरेको हो । शान्तीले लगेको सामान चेक गर्ने क्रममा पाँच पुरिया ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्र्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

शान्तिले श्रीमानलाई हिरासतभित्रै लगिदिएको ब्राउन सुगरको तौल गर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए। उनका अनुसार शान्तिलाई पनि हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।