अविरल बर्षाले रामु थारुको घर भत्कियो

तुलसीपुर
२९ साउन / लगातारको अविरल बर्षाले गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनार निवासी रामु थारुको घर भत्किएको छ । रातभरि परेको अविरल बर्षादले शुक्रबार विहान ५ बजेतिर घर भत्किएको हो ।

विहान भएको र सबै घर बाहिर रहेकाले मानवीय क्षति भने भएन । तर, घर भित्र रहेको सम्पूर्ण सामग्री नष्ट भएको स्थानीय अगुवा महेश थारुले जानकारी दिए ।


उनका अनुसार घर भत्किएपछि वडाध्यक्ष चित्रबहादुर वलीलगायतको टोलीले घटनास्थलमा पुगेर अनुगमन गरेका थिए । स्थानीयहरुले उद्दार कार्य जारी राखेका छन् ।