दाङ, ३० असोज ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नंं.३(क)का उम्मेदवार घनश्याम पाण्डेले आफूलाई पार्टीले आफूलाई पार्टीले प्रदेशको मुख्यमन्त्रीका रुपमा पठाएको बताएका छन् । शनिबार तुलसीपुरमा पत्रकारसंग भेटघाट गर्दै उनले अध्यक्ष र महासचिबले आफूलाई प्रदेश हाँक्नकालागि प्रदेशको उम्मेदवार बनाएको बताएका हुन् ।
‘म पढ्न पनि ट्यालेन्ट विद्यार्थी हुँ, मैले कक्षा ७ को तत्कालिन जिल्ला स्तरीय परीक्षा दिएपछि एकैपटक १० गएँ,अहिले पनि सबै नीतिको माउ नीति राजनीतिमा ठीक मान्छे जानु पर्छ, भनेर संघमा जाने इच्छा गरेको थिएँ’,उनले भने‘तर, मलाई पार्टीका अध्यक्ष र महासचिबले सबै सक्षम मान्छेहरु संघमा आए, प्रदेश कसले हाँक्ने, तपाई प्रदेशको नेतृत्व गर्नुपर्छ, भनेर प्रदेशमा पठाउनु भयो ।’
आफू तुलसीपुरको मेयर हुँदा धेरै मत्वपूर्ण काम गरेको र ति कामहरु देशका अन्य स्थानीय तहले समेत अंगीकार गरेको भन्दै अब ती योजनाहरुलाई प्रदेशमा लागु गर्ने सोँच रहेको उनले बताए । उनले प्रदेशको मातृमृत्युदर शून्यमा झार्ने, प्रदेशका सबै खरका छाना हटाउने, सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर बढाउने जस्ता योजनाहरु प्रदेमा गएर लागु गर्ने बताए ।
चारलेन विकाउ एजेण्डा होईन्
उम्मेदवार पाण्डेले चारलेनमा आफूलाई बदनाम गर्न खोजिएको समेत बताए । चारलेनमा आफूले मुछेर चुनाब जित्ने बाम लोकतान्त्रिक गठबन्धनको उद्देश्य रहेको भन्दै त्यो सफल नहुँने उनको भनाई थियो ।‘चारलेनलाई देखाएर चुनाब जितिन्छ, भन्ने गठबन्धनलाई लागेको छ,तर, यो एजेण्डा फेल भइसक्यो’,उनले भने‘यसलाई देखाएर जनतालाई भ्रम छर्ने भन्दा अरु केही होइन्, यो भ्रम मात्रै हो भन्ने कुरा स्थानीय तहको निर्वाचनले प्रमाणित गरि सक्यो ।’
यदि चार लेनमा बदमासी भएको भए त्यो घोराही र तुलसीपुरको मेयरमा एमालेले नजित्नु पर्ने भन्दै त्यो कुरा सबै भ्रम मात्रै रहेको बताए । चार लेनमा आफ्नो कुनै संलग्नता नभएको र भारतीय निर्माण कम्पनीले छोरालाई कामको जिम्मा दिएको भएपछि पछि त्यो जिम्मेवारीबाट खोसिएको समेत बताए ।
लाइभदाङ । ३० आश्विन २०७९, आईतवार १२:३७ बजे