प्रयोगात्मक शिक्षामा जोड दिदै गोरखा कलेज :विद्यार्थीलाई कर शिक्षा

तुलसीपुर
१५ मंसिर / गोरखा मोडेल कलेज तुलसीपुरले किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक शिक्षामा जोड दिदै आएको छ । किताबी ज्ञानले मात्रै बजारमा बिक्ने शिक्षा उत्पादन गर्न नसकिने भन्दै प्रयोगात्मकलाई जोड दिएको गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए ।“शिक्षा बजारको माग अनुसार हुनुपर्छ”,उनले भने“त्यसैले हामीले हरेक विषयको शिक्षालाई प्रयोगात्मकमा बढि जोड दिने गरेका छौं ।”

बुधबार विविएसमा अध्ययनरत सबै विद्यार्थीहरुलाई कर शिक्षा प्रदान गरिएको हो । ब्यबस्थापन शंकायमा करसम्बन्धि अध्ययन गर्नुपर्ने तर, त्यो किताबी ज्ञान मात्रै हुने भएकाले त्यसलाई प्रयोगात्मक र ब्यबहारिक बनाउन कर शिक्षा सम्बन्धि अभिमुखीकरण गरिएको हो ।

कर सम्बन्धि विज्ञ विरेन्द्र महराले उक्त कर शिक्षा प्रदान गरेका हुन् । त्यस अवसरमा उनले किताबी ज्ञानमा मात्रै सीमित भएमा त्यसले कुनै अर्थ नराख्ने बताए ।“एउटा ड्राइभरलाई किताबी रटान मात्रै गराएमा त्यसले गाडी हाक्न सक्दैन”,उनले भने“तर, उसलाई गाडी दिएर चलाउन लगाएमा केही दिनमै प्रफेक्ट हुन्छ ।”


कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय तुलसीपुरका सिनियर कर अधिकृत राजेन्द्र भण्डारीले करले राज्यको शक्ति बढउने भन्दै यसको प्रयोगात्मक ज्ञान हुन आबश्यक रहेको बताए । मुलुकको अर्थतन्त्र बलियो बनाउने माध्यम कर भएकाले कर सम्बन्धि दक्ष जनशक्ति उत्पादन हुन आबश्यक रहेको बताए ।“करको दायरा बढिरहेको छ, तर, हामीसंग अझै जनशक्ति अभाब हुँदै आएको छ”,उनले भने“त्यसैले पनि यो जनशक्ति अपरिहार्य छ ।” अहिले पनि कर सम्बन्धि जानकार ब्यक्ती नहुँदा अधिकांस ब्यबसायीको खाता अपडेट हुने गरेको छैन ।

त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले अझै पनि ब्यबसायीहरुलाई कर सम्बन्धि दक्ष ब्यक्तीको अभाब हुने गरेको बताए । कर सम्बन्धि दक्ष ब्यक्ती नहुँदा ब्यबसायको खातापाता सञ्चालनमा समस्या हुँदै आएको उनीहरुको भनाई छ ।

कलेजले बिबिएस प्रथम बर्षदेखि चौथो बर्षसम्मका विद्यार्थीहरुलाई लेखा, लेखा परीक्षण तथा कर सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो । गोरखा स्कुलका प्रधानाध्यापक विजयमान जीएमले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख बेदप्रकाश भट्टराईले गरेका थिए । गोरखाले हरेक विषयलाई दक्ष बनाउन प्रयोगात्मकलाई जोड दिदै आएको छ ।