अन्तरक्रिया तथा छलफल कार्यक्रम

निराश पान्डे,
शान्तिनगर, ९ मंसिर /
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबारबाट सुरु भएको छ। ‘सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नारा सहित ३१ औं लैंगिक हिंसा विरुद्ध दिबसको १६ दिने अभियान मनाउन लागिएको हो। यसै क्रममा शुक्रबार शान्तिनगर गाउँपालिकाले उपाध्यक्ष प्रेमा के.सी को संयोजकत्वमा हुने १६ दिने अभियान विविध कार्यक्रम गर्ने जनाएको छ।

एक जुट हुनु होस महिला र किशोरी विरुद्ध हिंसा अन्त्य गर्न सक्रियता भन्ने नाराका साथ १६ दिने अभियानको शुक्रबार (आज) चिराघाटमा उदघाटन गरिएको छ। शान्तिनगर गाउँपालिकाको आयोजना तथा आइ एन एफ र ओरेक नेपालको समन्वयमा पालिका स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको महिला बालबालिका शाखाले जनाएको छ।


उपाध्यक्ष प्रेमा के.सी को अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सभ्य समाज निर्माण गर्न सबै सरोकार वाला निकायसंग समन्वय हुनु जरुरी रहेको बताएका छन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्का, वडा अध्यक्षहरु मीन बहादुर के.सी, गोमान बहादुर ओलि , शेर बहादुर भन्डारी , सुनिल ओलि, लगाएतले बोलेका थिए ।

महिला बालबालिका शाखा प्रमुख साबित्रा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन आइ एन एफ का सुभरपाइजर चुल्लु चौधरीले गरेका थिए , भने कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो।