तुलसीपुर, ९ मंसिर ।
तुलसीपुर उपमाहानगरपालिका ५, रानीजरुवा निवासी क्यान्सर पीडित विनिता केसीलाई आर्थिक सहयोग गरिएको छ । २४ वर्षीया केसी विगत १ बर्षदेखि क्यान्सर पीडित छन् । घरमा आर्थिक अबस्था कमजोर हुँदा औषधी गर्न समस्या भएको भन्दै आर्थिक सहयोग संकलन गरिएको हो ।
उनलाई दोस्ती मोबाइलका चेतन कडेलले पाँच सय, माओवादी केन्द्रका नेता धनबहादुर मास्के राजेशले पाँच हजार, काँग्रेसका नेता दिपक गिरीले पाँच हजार, सेसुराम भण्डारीले पाँच सय, फर्साराम डाँगीले एक हजार, तुलसीपुर ५ का वडाध्यक्ष बिरेन्द शाहले एम्बुलेन्सलाई तेल खर्च, नेपाली काग्रेशका प्रदेश प्रतिनिधि रामचन्द्र केसीले पाँच हजार एक सय, सहयोग गरेका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिकाबाट रू १५००० , दुर्गा मिठाइँ पसलका सञ्चालक राजकुमार वलीबाट दुईहजार पाँचसय, माधव बुढाथोकीबा एक हजार सहयोग गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका नगर सदस्य, लायन्स क्लबका कोषाध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङका उपसभापति गोरख वलीले चामल तेल सहयोग गरेका छन् ।
उनलाई सोही रकम लिएर सञ्चारकर्मी दीपक वलीसहितको टोली चितवन गएको छ । उनलाई क्यान्सर अस्पताल चितवन लगिएको छ । उनका श्रीमान ४ बर्ष देखि मलेसियामा बेपत्ता छन् । उनी तुलसीपुरमा कोठा भाडामा बस्दै आएकी छन् ।
उनकी ३ बर्षकी छोरी समेत छन् । उनलाई अहिले घरमा जुटाउन समेत धौ हुने गरेको छ । त्यस्तै सहयोगकालागि सबैमा अनुरोध समेत गरिएको छ ।
लाइभदाङ । ९ मंसिर २०७९, शुक्रबार १०:२५ बजे