तुलसीपुर
१४ भदौ / दाङको तुलसीपुरमा निःशुल्क प्लाष्टिक सर्जरी शिविर सञ्चालन हुने भएको छ ।
अपाङ्ग समाज सुधार केन्द्र, कीर्तिपुर अस्पताल, तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुरमा उक्त शिविर हुन लागेको केन्द्रका अध्यक्ष हुमकान्त कडेँलले बताए ।
उनका अनुसार असोज ११ गते उक्त शिविर हुन लागेकाले नाम दर्ता गर्न अनुरोध गरे ।
स्माईल ट्रेन र रिसर्च इन्टरनेशनलको सहयोगमा, फेक्ट नेपाल, कीर्तिपुर अस्पतालको प्राबिधिक सहयोगमा ओठ तथा तालु चिरिएका खुँडे तथा आगोले पोलेर एक भाग अर्को भागसंग जोडिएर कुँजो भएका मानिसहरुको निःशुल्क अप्रेशन हुन लागेको हो ।
लाइभदाङ । १४ भाद्र २०७८, सोमबार ०८:४४ बजे