दाङ–१ : मेटमणी अघि-अघि, शान्ता पछि-पछि

दीपक बोहरा
दाङ, ६ मंसिर ।
दाङ क्षेत्र नं.१ को प्रतिनिधिसभामा गठबन्धनका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । ५ हजार दुईसय ८५ मत न्दा एकीकृत समाजवादीका चौधरीले २०९९ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले १३२६ मत ल्याएकी छन् । उनीहरुबीचको मतान्तर ७७३ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १००९ मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए ।


क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मत खसेको थियो । क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।