‘ग्रेट अरनीको राष्ट्रमै चर्चित भयो’

तुलसीपुर
२५ कात्तिक / दाङको तुलसीपुर ६ स्थित ग्रेट अरनीको मावि दाङमा मात्रै नभई राष्ट्रमै चर्चित भइसकेको भन्दै एक कार्यक्रममा बक्ताहरुले प्रशंसा गरे । विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले यो विद्यालय अब तुलसीपुर, दाङमा मात्रै नभई राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल भएको भन्दै अझै प्रगतिको कामना गरे ।

यही विद्यालयले नै एथ्लेटिक्समा राष्ट्रिय खेलाडी उत्पादन गरेको उनले बताए । निशा चौधरी ग्रेट अरनीकै विद्यार्थी भएको र एथ्लेटिक्सको एकसय मिटर दौडमा राष्ट्रिय रुपमा नयाँ कीर्तिमानी कायम गरेको भन्दै यसले विद्यालयलाई माथि उठाएको बताए । विद्यालय भनेको किताबी ज्ञान मात्रै नभई खेलकूदलगायत ब्यबहारिक शिक्षा दिने थलो भएकाले खेल क्षेत्रको विकासमा ग्रेट अरनीकोले खेलेको भूमिका उच्च रहेको बताएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष महेश आचार्यले २०५३ सालमा विद्यालय स्थापना गरिएको बताए ।

उनले गरीब, विपन्न समुदायका विद्यार्थीहरुलाई पनि शिक्षामा पहुँच पुगोस्, भनेर स्थापना गरिएको बताए । जतिबेला सुरुवातमा १५० जना मात्रै विद्यार्थी रहेपनि अहिले थुप्रै विद्यार्थीहरुलाई शिक्षा दिइरहेको उनले बताए । विद्यालयका पूर्वप्रिन्सीपल विष्णु आचार्यले न्यून शूल्क लिएर गुणस्तरीय शिक्षा दिइरहेको उनले बताए ।‘हामीले अन्य विद्यालय भन्दा न्यून शूल्क लिएका छौं, त्यो गरीब, विपन्न विद्यार्थीहरुलाई लक्षित गरि हामीले शूल्क निर्धारण गरेका हौं’,उनले भने‘कम शूल्कले पढाई कम्जोर हुन्छ, भन्ने बुझाई छ, त्यो बुझाई हामीले चिरेका छौं ।’ पढाईको गुण्स्तर पैसाले मापन नभई दक्ष जनशक्तिले हुने समेत उनले बताए ।


कार्यक्रममा विद्यालयका प्रिन्सीपल विष्णु देवकोटाले अरनीकोमा पढेकाहरु कोही बैंकर भएका, कोही इन्जिनियर भएका,कोही सामाजिक क्षेत्रमा क्रियाशिल भएका, कोही सरकारी जागिरे भएका, कोही खेलाडी समेत भएको बताए । उनले आफूहरुले १० प्रतिशत विद्यार्थीहरुलाई छात्रबृतिमा समेत पढाएको बताए ।

विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई पढ्दै, कमाउदै गर्ने शिक्षा प्रदान गरिएको समेत बताए । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सीपल कमलप्रकाश शर्मा,प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका फाईनान्स डाइरेक्टर नवराज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण भट्टराइले गरेका थिए । अहिले विद्यालयमा विज्ञान, ब्यबस्थापन, शिक्षाका कक्षाहरु सञ्चालन भइरहेका छन् ।