दाङका दुई उम्मेदवार एमालेमा प्रवेश

तुलसीपुर
२४ कात्तिक / दाङका दुई उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।

मौलिक जरोकिलो पार्टीका तर्फबाट उम्मेदवार रामचन्द्र खड्का र राष्ट्रिय जनमुक्ती पार्टीका तर्फका उम्मेदवार कृष्णबीर नेपाली एमालेमा प्रवेश गर्नुभएको हो । खड्का क्षेत्र नं.२ र नेपाली क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।

उहाँहरु दुबै जनालाई एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टीका महासचिब शंकर पोखरेलले प्रवेश गराउनुभएको हो । दुबै जनाले आफू उम्मेदवार बनेको पार्टीको साधारण सदस्य त्यागेर एमालेमा प्रवेश गरेका हुन् ।


यो क्षेत्रमा पोखरेल र गठबन्धनका तर्फका उम्मेदवार रेखा शर्माबीच टक्कर हुने देखिन्छ ।