जन्मदिनको अवसरमा शैक्षिक तथा खेल सामाग्री वितरण

दाङ, ३ मंसिर ।
तुलसीपुर उपमहानरपालिका ८ निवासी दिपक केसीले दिदि घर संरक्षण गृहमा बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामाग्री वितरण गरेका छन् । शनिबार परेको जन्मदिनमा केसीले तुलसीपुर ६ स्थित दिदि घर संरक्षण गृहमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेका हुन ।


जन्मदिनमा सामाजिक कार्यमा जाेडिनु पर्छ भन्ने भावनाको विकास गर्न बालबालिकालाई सहयोग गरेको केसीले बताए । केक कटाएर जन्मदिन मनाउन पर्छ भन्दा पनि असहाय, दुखी, गरीब,अनाथ भएको ठाउँमा सहयोग गर्नु पर्ने उनको भनाई छ ।