दंगीशरणमा उन्नत जातको बिउ वितरण

प्रमोद आचार्य
दंगीशरण, १७ कात्तिक ।
दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुको लागी उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । संघीय सरकारको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानिमा ४ प्रकारको गहुँको बिउ वितरण गरीएको कृषि शाखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो ।

किसानहरुबाट निवेदन माग गरी आएको माग अनुसार १० मेट्रीक टन बराबर उन्न्त जातको बिउ वितरण गरिएको हो । बिउ बिजन गुण्स्तरबाट मुल्य तोकिएर आएको बिउ दंगीशरण गाउँपालिकाका ७ वटै वडाका कृषि समुह,सहकारी किसानहरुलाई माग अनुसार वितरण गरिएको थियो ।


बिउमा मुल्य अनुदान भन्ने कार्यक्रम अनुसार यस अघि पनि आलुको बिउ तथा अन्य बिउ पनि वितरण गरिएको शाखा प्रमुख भुषालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकामा किसानहरुको बाहुल्यता रहेकाले पनि आफुहरु किसानहरुको पक्षमा र किसानलाई राहात दिने किसिमका कार्यक्रम अझ धेरै ल्याउने बताउनुभयो ।

बिउ बितरण कार्यक्रम कृषी शाखा प्रमुख शरु भुषालको शभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्म्भु गिरीको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण कृषि प्राविधिक आसिष बिसिले गर्नु भएको थियो ।