दाङ, ८ कात्तिक ।
बिगत ३ बर्ष देखि विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको संयुक्त दलित युवा अभियान दाङले यस पटकको तिहारमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ। जिल्ला युवा परिषद दाङका अध्यक्ष अरुन लहरेको घरबाट सुरु गरिएको भैलो कार्यक्रम तुलसीपुर क्षेत्रका केही निश्चिति ब्यक्तिहरु कहा मात्र खेल्ने निर्णय गरेको छ।
केही व्यापारी, राजनितीक दलका नेता, मंसिर ४ का उम्मेदवार र सामाजिक ब्याक्तित्वहरु कहा जाने अभियानका संयोजक खेमराज बि.कले जानकरी गराउनु भएको छ। युवा परिषदका अध्यक्ष अरुन लहरेले लक्ष्मी पुजाको दिन बेलुका ७ बजे आफ्नो घरको दैलोमा भैलो समुहलाई टीका माला सहित दियो बालेर भैलो उद्घाटन गरेका थिए।
‘लोक कला संस्कृतिको जर्गेना गरौ, सामाजिक विकृति र विसंगतिको अन्त्य गरौ।’ भन्ने मुल नारा सहित आयोजना गरेको भैलोमा दाङ सल्यान क्षेत्रका प्रख्यात नृत्यहरु मादल, बासुरी, झ्याली सहित कलाकारहरुको लाइभ गितमा नृत्य प्रदर्शन गरिएको छ।
नवराज हत्या प्रकरणको बिरोधमा पटक–पटक आन्दोलन गरेको र देशै भरिका विभिन्न जातिय विभेद तथा छुवाछूतको विरुद्धमा आन्दोलन गर्दै लक डाउनमा पनि आर्थिक संकलन गरि दलित विपन्न परिवारहरुलाई राहत वितरण गरेको थियो।
अभियानका अभियानताहरुबाटै आर्थिक संकलन गर्दै पटक–पटक विभिन्न अन्तरक्रिया र सचेतना मुलक कार्यक्रम गर्दै आएको अभियानले यस पटक भैलो कार्यक्रमबाट संकलन भएको आर्थिक रकम अभियानका महत्त्वपूर्ण कार्यक्रमहरुमा खर्च हुने र दलित युवाहरू सम्मेलन समेतमा सहयोग पुग्ने आर्थिक बिभाग प्रमुख तथा उपसंयोजक सेर बहदुर परियारले बताउनु भएको छ।
बेलुका ४ बजे देखि ९ बजेसम्म तिहारको भोलिपल्टसम्म भैलो खेलिने र कसैले निमन्त्रणा गरे सम्बन्धित ठाउमा जाने भैलो ब्यबस्थापक अभियानता लिलाधर परियारले जानकरी गराउनु भएको छ।
लाइभदाङ । ८ कार्तिक २०७९, मंगलवार १९:२८ बजे