विद्यार्थीहरुको लोभलाग्दा फूलखेती

तुलसीपुर,३ कात्तिक ।
तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुलाई फुल टिप्न भ्याइनभ्याई चलिरहेको छ । तिहार नजिकिदै गर्दा फुलको माग बढेसँगै उनीहरु फुल टिप्न र माला उन्न मै व्यस्त देखिन्छन् । ‘चाडपर्व आएकाले होला अहिले धेरै ठाउँबाट अर्डर आएको छ, समयमै पु¥याउनुपर्दछ ’ विद्यार्थी सिता भण्डारीले वताइन् ।

उनले विद्यालयमार्फत परियोजनाका रुपमा फुलखेति गरेको बताउँदै फुलको उत्पादन र बजारको मागले आफुहरु उत्साहित भएको बताइन् । ‘यसपटक निकै राम्रो सिकाई भएको छ अर्कोपटक यसलाई थप विस्तार गर्ने योजना छ ’ भण्डारीले बताइन् ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजमा कृषि र वन विज्ञान अध्ययनरत विद्यार्थीहरुले परियोजनाका रुपमा करिब आधा विगाहा क्षेत्रफलमा फुलखेति गरेका छन् । उनीहरुले तिहारलाई लक्षित गरेर सयपत्री र मखमली फुल उत्पादन गरेका हुन् । ‘पढेको कुरालाई व्यवहारमा प्रयोग गर्न र नयाँ कुरा सिक्नका लागि हामीले फुल खेति गरेका हौं’ विद्यार्थी भुवन वस्नेतले बताए ।

उनले बाहिरबाट फुल आउने क्रमलाई आफुहरुले रोक्न सफल भएको पनि बताए । ‘हामीले गुणस्तरिय फुलहरु यही उत्पादन गरेपछि बाहिरबाट आउने फुलहरु रोकिएका हुन् ’ वस्नेतले बताए । उनले अन्य खेतीका लागि पनि आफुहरुले तयारी गरिरहेको जानकारी दिए ।


विद्यालयका कृषि प्रशिक्षक घनश्याम केसीले विद्यार्थी आफैले कर्मा ५ सय ५५ विरुवा उत्पादन गरेर खेती गरेको बताए । उनले विद्यार्थीहरुले सयपत्रिको २ हजार र मखमलीको ५ सय विरुवा लगाएको बताए । कुनै पनि रासायनिक पदार्थ पदार्थ प्रयोग नगरिएको कारण फुलहरु लामो समयसम्म उस्तै रहने पनि उनको भनाई छ ।

कलेजका प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई पढ्दै सिक्दै र कमाउँदै उत्प्रेरित गर्नका लागि विभिन्न परियोजना सञ्चालन गरिएको बताए । ‘फुलको उत्पादनसँगै अब हामीले अन्य विभिन्न खालका कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दैछौ’ आचार्यले भने ।