बबइमा एकै साथ जले रमा र गंगाका चिता

तुलसीपुर, ७ कात्तिक ।
लक्ष्मी पूजाको दिन दिउँसो बबई नदीमा दुई किशोरीका शवहरु एकै साथ संगै-संगै जलाइएका छन् ।

दाङको दंगीशरण गाउँपालिका वडा नं. २ की १६ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १६ बर्षीया गोमा चन्दको कात्तिक ५ गते (शनिबारका दिन) दिउँसो साढे १२ बजे नुहाउने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको थियो ।

६ महिना पहिले आमा गुमाएकी सल्यानकी गोमा यो बर्ष तिहारको टीका नभएकै कारण सानो भाइसहित साथीसमान दिदी रमाको घरमा पाहुना आएकी थिइन ।

उनीहरु दुबै जनाको शब डुबेको डुबेकै स्थान तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी गाउँको सीमानामा पर्ने सिमलकुना घाट नजिकै डुबेको साढे २७ घन्टा पछि कात्तिक ६ गते दिउँसो साढे ३ बजेतिर बेलटाकुराका तेजबहादुर चन्दले निकालेका थिए । बाख्रा चराउन गएका उनीहरु रमाउनका लागि बबई नदीमा नुहाउन गएका थिए ।

सोही दिन नै पोष्टमार्टमका लागि रमा र गंगाको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । उक्त दिन काग तिहार परेको थियो । त्यस दिन साँझ भइ सकेको हुँदा पोष्टमार्टम हुन सकेन ।

त्यसैले लक्ष्मी पूजाको दिन बिहान मात्रै रमा र गंगाको पोष्टमार्टम भएको थियो । त्यसपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि लगेर गएका थिए ।

रमा र गंगाको जुन स्थानमा डुबेर मृत्यु भएको थियो लक्ष्मी पूजाको दिन उनीहरु दुबै जनको एकै साथ लक्सरै चिता बनाएर अन्त्यष्टि गरिएको छ ।


एक मात्रै बहिनी रमालाई भाइ टीका भन्दा केही पहिले मात्रै गुमाउनु पर्दा एक्ला दाजु २२ बर्षीय कृष्ण शाह निकै भाबबिहल थिए ।

उनले भने ‘ मेरो एक्ली बहिनीलाई यति छिटै र भाइ टीकाको पूर्व सन्ध्यामा यसरी गुमाउनु पर्ला भनेर कहिलै कल्पना नै गरेको थिइन ।’

कल्पना नगरेको घटना पछि रमाका अभिभावक र आफन्त शोकमा डुबेका छन् । रमाका सानो बुवाका छोरा २९ बर्षीय रमेश शाहले रमासंग टीका लगाउँदै आएका थिए ।

एक महिना पहिले मात्रै आँफु जापानबाट भाइ टीकाको लागि घर फर्किएको भएपनि कल्पना नै नगरेको घटना हुँदा निकै मर्माहत भएको प्रतिक्रिया दिए । पनि बहिनीलाई कसैले गुमाउनु नपरोस भन्ने कामना गर्दछु ।

’ठिक यसै गरि हत्या पछि जंगल बीचको चिरोमा गाडेको अवस्थामा असोज ३० गते फेला परेका तुलसीपुर – १३ दमारगाउँकी १५ बर्षीया रोशनी महतरा र १४ बर्षीय शरद आचार्यको पनि सितलपुल घाटमा एकै साथ लक्सरै कात्तिक १ गते अन्त्यष्टि गरिएको थियो ।

दंगीशरण – ६ थप गाउँका शरद आमा संगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए । लगालग करिब एकै स्थानमा एकै उमेर समुहका चार जना किशोर किशोरीको चिता जलाएका स्थानीय फेरि यस्ता कहाली लाग्दा घटना र दुर्घटना नघटुन भन्ने कामना गरि रहेका छन् ।