भाइटीकाको साइत बिहान ११:३७ बजे

काठमाडौं, २ कात्तिक ।
यस वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका अनुसार कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा सदस्य यमद्वितीया भाइटीका,(किजापूजा)को उत्तम साइत रहेको छ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।

२०७९ सालको तिहार-पर्वसँग सम्बन्धित दिन तथा साइतहरू:
१. वि.सं. २०७९ कात्तिक ५ गते, शनिबार, यमदीपदान, धनत्रयोदशी (धन्तेरस)
२. वि.सं. २०७९ कात्तिक ६ गते आइतबार, काकबली (कागतिहार), धन्वन्तरी जयन्ती ।
३. वि.सं. २०७९ कात्तिक ७ गते, सोमबार, कुकुरतिहार नरकचतुर्दशी, विहान झिसमिसेमा तेल लगाएर नुहाउने, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४. वि.सं. २०७९ कात्तिक ८ गते, मंगलबार, गाईपूजा
५. वि.सं. २०७९ कात्तिक ९ गते, बुधबार, गोवर्द्धनपूजा, वलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा ने.सं. ११४३ प्रारम्भ
६. वि.सं. २०७९ कात्तिक १० गते, बिहीबार, यमद्वितीया भाइटीका (किजापूजा) बिहान ११:३७ बजे (उत्तर मोहडा)