दाङ, ३० मंसिर ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारी डिआइजी (प्रहरी नायब महानिरीक्षक) दानबहादुर कार्कीले आज देखि औपचारिक रुपमा सम्हाल्नू भएको छ । फेरि भेटौला कार्यक्रमको आयोजना गरेर डिआइजी कुवेर कडायतले कार्कीलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।
डिआइजी कुवेर कडायतको नेपाल प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय नक्साल काठमाण्डौमा सरुवा भएपछि रिक्त स्थानमा कार्कीलाई पठाइएको हो ।
मिति २०८१ मंसिर २७ गतेको गृहमन्त्रालय (मन्त्री स्तरीय) सुरुवा गर्ने निर्णय अनुसार प्रहरी नायब महानिरीक्षक कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको थियो । डिआइजी कार्कीलाई यस अघि केन्द्रिय प्रहरी कार्यालयको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
लाइभदाङ । ३० मंसिर २०८१, आईतवार २०:४७ बजे