दिव्य कुञ्जमा खेलकुद प्रतियोगिता सुरु

पूर्ण के.सी.(मुस्कान )
दाङ, २६ पुष । दिव्य कुञ्ज एकेडेमीको आयोजनामा बृहत खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ ।

३ दिन सम्म आयोजना हुने प्रतियोगितामा छात्र/छात्रा फुटसल, हाईजम्प, लङ्ग जम्प, रिले रेस, डौद, सटपुट लगायतका खेल संचालन हुने विद्यालयले जनाएको छ ।


४ ओटा हाउस बिचमा प्रतिस्पर्धा हुने छ । शैक्षिक र अरिरिक्त क्रियाकलापमा अब्बल विद्यालयको रुपमा स्थापित विद्यालयले शैक्षिक क्यालेन्डर अनुसार विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतियोगिता शुक्रबार सम्म संचालन हुने छ ।