माओवादीकै पालामा पश्चिम दाङको सडक कालो पत्रे भयो : मास्की

तुलसीपुर, ३१ असोज ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार धनबहादुर मास्की राजेशले पश्चिम दाङको सडक माओवादीको पहलमा कालोपत्रे भएको बताए ।


तुलसीपुर-१ का पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै मास्कीले तुलसीपुरदेखि हापुरेसम्मको माथिल्लो सडक माओवादीको पालामा कालोपत्रे भएको बताए । माओवादी केन्द्रका नेता कुवेर वली समानुपातिक सांसद हुँदा बजेट हालेर विकास गरेको भन्दै त्यो ठूलो उपलब्धी भएको बताए ।

यो सडकलाई आफूले पनि प्राथमिकता राखेको समेन उनले बताए । मास्की माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत हुन् । उनले समग्र पश्चिमको विकासकालागि बाम लोकतान्त्रिक गठबन्धनलाई भोट दिनुपर्ने समेत बताए ।