महोत्सवको लागि स्टल बुकिङ खुला

तुलसीपुर, २५ असोज ।
दाङको तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापारीक महोत्सव २०७९ सञ्चालन हुन लागेको छ । युथ्स अफ तुलसीपुरको अयोजनामा हुन लागेको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको छ । साथै महोत्सवको लागि स्टल बुकिङ खुला गरिएको महोत्सव मुल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

समितिले स्टलको प्रकृति र स्टलभाडा सहित स्टलको बुकिङ खुला गरेको छ । स्टलभित्र पानीपुरी, आईसक्रिम, चटपट बिक्रि वितरण गर्न भने नपाईने महोत्सव मुल व्यवस्थापन समितिले बताएको छ । व्यवस्थापन समितिका अनुसार १३ प्रकारका स्टलहरु रहनेछन् । अटो मोवाइल,स्टेशनरी, तरकारी मह, अण्डा, स्थानीय उत्पादन, स्थानीय उद्योग तथा प्रतिष्ठान, साना तथा स्थानीय हस्तकला, फेन्सी, बैँक तथा वित्तीय संघसंस्था लगायतका स्टलहरु रहने स्टल संयोजक सन्तोष लामिछानेले जानकारी दिए ।


स्टल बुकिङका लागि व्यवसाय दर्ता प्रमाणपत्र, प्रति स्टल २ प्रतिनिधिको फोटो रु तीनसय ५० रुपैयाँ दर्ता शुल्क भुक्तानी गर्नुपर्ने छ । यस्तै तुलसीपुर उद्योग वाणिज्य संघ संस्था तथा चेम्वर अफ कर्मशमा आवद्ध व्यापार व्यवसायहरुलाई स्टलमा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको मुल व्यवस्थापन समितिले जाकारी दिएको छ ।