बहुबिवाहको आरोपमा दाङमा एक जना पक्राउ

तुलसीपुर,८ माघ । दाङमा बहुविवाह गरेकोमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार उनलाई घोराहीका सरोज पौडेललाई विहीबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मिसिल तयार गरेर आईतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । बिदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।


पौडेलको जेठी पत्नीसंग राम्रो सम्बन्ध नभएपछि उनीहरु एकल रुपमा बस्दै आएको र पहिलो श्रीमतीसंग सम्बन्ध बिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नि आफ्ना श्रीमान विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन ।