नगरप्रमुखद्धारा विजया दशमीको अवसरमा शुभकामना व्यक्त

तुलसीपुर, १९ असोज ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बडा दशैं विजया दशमीका अवसरमा सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बुधबार शुभकामना सन्देश दिदै उहाँले नेपालीहरुको महान् चाड बडा दशै÷विजयादशमी,२०७९को पावन अवसरमा सम्पूर्ण नगरवासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति र समृद्घिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले शुभकामना सन्देशमा पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्य पर्व त्यही प्रतीककारुपमा मनाइने विशेष महत्वको चाड भएको र घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विविध सांस्कृतिक क्रियाकलाप एवम् उत्साहका साथ मान्यजनबाट टीका,जमरा,फूलपाती र हार्दिकतासहित आर्शिवाद ग्रहण गर्दै पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुसीयालीका साथ मनाइने यस पर्वले प्रत्येक नगरवासीहरुमा न्याय,समानतासहित सामाजिक आर्थिक समृद्घि,सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्घिको कामना गर्नुभएको छ ।


उहाँले सम्पूर्ण नगरवासीमा नयाँ,उत्साह,जोश तथा जाँगर थप्दै हाम्रो तुलसीपुर राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुरको साझा संकल्प हासिल गर्ने विश्वासका साथ मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।