पूर्व प्रहरी संगठनको दशैं

दाङ, १६ असोज/
पूर्व प्रहरी संगठन दाङले एक कार्यक्रमका बिच दशैं तिहार तथा छठ पर्व बिशेष कार्यक्रम मनाएको छ ।

शनिबार घोराहीमा सम्पन्न दशैं तिहार तथा छठ पर्व विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय दाङ्गका प्रहरी उपरीक्षक एवं कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर ओलीले पूर्व प्रहरी संगठनले स्थापना देखी नै रार्ष्ट्रिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

जिल्ला प्रहरी प्रमुख समेत रहेका ओलिले कठिन परिस्थितिमा स्थापना गरेको संगठन ले निरन्तर पूर्व प्रहरी र बर्तमान प्रहरी को सम्बन्धमा समन्वय भुमिका सक्रिय भएको बताए।


कार्यक्रममा घोराही उपमहानगरपालिका-१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य भुपेन्द्र सुवेदी नरेश डागी चिरञ्जीवी रिजाल निर्मला थापा खुशल बहादुर आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल पूर्व प्रहरी संगठन दाङ्गका कार्यबाहक अध्यक्ष रेशम बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य पूर्व प्रहरी संगठन दाङका पूर्व अध्यक्ष कुल बहादुर रावतले व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण होम बहादुर शेरचनले गरेका थिए ।