देउखुरी जलमग्न

तुलसीपुर
१ असोज / वर्षातले देउखुरीको विभिन्न क्षेत्र जलमग्न भएको छ । तीनदिन देखि लगातार अविरल वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको छ ।

अविरल वर्षातका कारण देउखुरीको राजपुर, वनकट्टा, गढवा, मानपुर, कालाकाटे, कक्रहवा, लगायतका स्थान जलमग्न भएका छन् ।
लगातार तीनदिन देखि भईरहेको अबिरल बर्षाको कारण राप्ती नदीको तटीय क्षेत्र एवम नदी आसपास बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दाङले अपिल गरेको छ ।


यद्यपि रोल्पा, प्युठान लगायत पहाडी क्षेत्रमा वर्षा कम भएकाले राप्ती नदीको सतह सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल नं। २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख बिनोद केसीले बताए ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ राताकाँस निवासी टेकबहादुर थारूको बाख्रा बस्ने गोठ वर्षाताले गल्केर भत्किदा चारवटा च्याप्पिएर बाख्रा मरेका छन् ।