शान्तिनगर १ मा खेलकूद प्रतियोगिता समापन

देव राज कँडेल
तुलसीपुर,
१४ असोज / शान्तिनगर गाउपालिका १ नम्बर वडा स्तरिय खेलकुद प्रतियोगिता सकिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रतियोगिताको समापन गरिएको छ । वडा अध्यक्ष जंगबहादुर पुनको अध्यक्षता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार बितरन गरिएको हो ।

३ दिन सम्म चलेको फुटबल प्रतियोगिताबाट परिबर्तन युबा क्लब ‘ए’ ले प्रथम स्थान हासिल गरेको थियो भने क्रमश दोश्रो र तेश्रो स्थान एकता र जिवाईसिले प्राप्त गर्न सफल भएको थियो ।


त्यस्तै भलिबल तर्फ शान्ति सुन्दर युबा क्लब हारिचार पहिलो ,शिभशक्ती युबा क्लब दोश्रो र हारिचार युबा क्लबले तेश्रो स्थान हासिल गर्न सफल भएका थिए।

बिजेता सहुमलाइ नगद,मेडल र ट्रफिबाट सम्मान गरिएको थियो।फुटबल तर्फ प्रथम,दोश्रो र तेस्रोलाई नगद पुरस्कार क्रमश ३२०००,२४००० र १६००० त्यस्तै भलिबल तर्फ पहिलो ,दोश्रो र तेस्रो तर्फ २००००,१५००० र ७००० नगद बाट सम्मान गरिएको थियो।कार्यक्रम ३ दिन सम्म पातिघार खेलकुद मैदानमा सन्चालन भएको थियो।खेलको सहजीकरण खेल ब्यबस्थापक पृथ्वीनारायण पौडेलले गरेका थिए ।