महिला सामुदायिक र जाल्पा सामुदायिकको शुभकामना आदानप्रदान

घोराही, ११ असोज ।
हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ र जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमीटेडको संयुक्त आयोजनामा मंगलवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापका अध्यक्ष एवं जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संस्था स्थापनादेखी समाज रुपान्तरणमा खेलेको भूमीकाको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले समाज रुपान्तरणकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण भूमीका निर्वाह गरेको बताउनुभयो । उहाँले महिलाहरुको आर्थिक र सामाजिक रुपान्तरण गर्ने उद्धेश्यकासाथ स्थापना गरिएको संस्थाले आफ्नो उद्धेश्य अनुसार कार्य गरिरहेको बताउनुभयो ।

वि.स २०५० सालमा स्थापना गरिएको नेपाल महिला सामुलायिक सेवा केन्द्रले विपन्न परिवारका महिला तथा बालबालिकाहरुकालागी काम गरिरहेको उहाँले बताउनुभयो । सरकारले गर्न नसकेको कतिपय कार्यहरु गैरसरकारी संस्थाले पनि गर्न सक्छन् भन्ने उदारहण नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिएको उहाँको भनाई थियो ।


महिला तथा बालिबालिकाहरुको शिक्षा, स्वास्थ्य, आर्थिक रुपान्तरण, आर्थिक सशक्तीकरणसँगै दीगो शान्तिकालागी संस्थाले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापना गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले महिलाहरुको सशक्तीकरणकालागी लघुवित्त मार्फत काम गरिरहेको बताउनुभयो । साथै सरकारले लघवित्त संस्थाहरुलाई प्रोत्साहित र उत्प्रेरित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको योगीको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका कानुनी सल्लाहकार एवं जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति सदस्य सुष्मा गौतमले नेपाल महिला सामुदायिक सेवा केन्द्र र जाल्पा सामुदायिक लघुवित्त वित्तीय लिमीटेडले समाज रुपान्तरणकालागी महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगी, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष पवन योगी, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका आन्तरिक लेखा परिक्षण विभाग प्रमुख कल्पना कार्कीले गर्नुभएको थियो ।