डिलाईट द सपिङ मार्टः सामान किन्नुस्, उपहार जित्नुस्

देव राज कँडेल
तुलसीपुर,
१० असोज / दाङको तुलसीपुर स्थित डिलाइट द सपिङ मार्टले नेपालीहरुको महान पर्व वडादशै, शुभ दिपावली तथा छठ पर्बको अवसरमा विभिन्न बम्पर उपहार योजना ल्याएको छ । विगत ६ वर्षदेखि तुलसीपुरको बाहिनी चोकमा अवस्थित डिलाईट द सपिङ मार्टले सोमबार देखि छठ पर्वसम्म सामान खरिद गर्ने ग्राहकलाइ बम्पर उपहारको योजना ल्याएको छ । जस अन्तर्गत भाग्यमानी एक ग्राहकले ‘डेल’ कम्पनीको ल्यापटप उपलब्ध गराउने छ । त्यस्तै हिटर, मिक्चर, प्रेसर कुकर, इलेक्ट्रिक जग , आइरन, हेयर ट्रिमरलगायतका उपहाहरुको समेत योजना ल्याएको डिलाईट ग्रुपका म्यानेजर अबिनाश खरेलले जानकारी दिए ।

साथै ‘सपिङ पनि नास्ता पनि’ योजना अन्तर्गत हरेक दिन दुई जना ग्राहकलाई नास्ताको व्यवस्था गरिएको छ । चिठ्ठा जित्ने ग्राहकलाई कुपन दिने र त्यो कुपन लिएर डिलाईटको कुनै पनि शाखामा गएर नास्ता खान सकीने खरेलले बताए । उपहारमा समावेश हुनका लागि दशैदेखि छठ पर्वसम्म डिलाईटबाट ९९९ रुपैंया भन्दा बढीको सामान खरिद गरेको हुनु पर्ने छ । ग्राहक बर्गलाई सस्तो र सुलभ सामान प्रदान गर्नको लागी बिभीन्न अफरहरु पनी ल्याइएको छ ।


१ के जी टोकला चिया पत्ती खरीदमा ५०० ग्राम चिनी फ्रि , हिमालय नमकीनमा १० प्रतीशत छुट , पैचो को केचभ र अचारमा १० प्रतिशत छुट , थ्री स्टार ससेजमा १० प्रतीशत छुट लगाएत बिभिन्न सामानमा आकर्षक छुटको ब्याबस्था गरिएको खरेलले बताए । भाग्यशाली उपहार कात्तिकको १४ गते बिहान ११ बजे प्रकाशित गरिने छ ।
यसैबीच दशै तिहार अफर बाहेक डिलाईट द सपिङ मार्टले बिगत २ बर्ष देखी मेम्बर सिप योजना निरन्तर चलीरहेको छ , जस अन्तर्गत ३ प्रतीशत देखी २० प्रतीशत सम्म छुट गरीएको छ ।

डिलाईट गु्रप अन्तरगत अहिले २ वटा रेष्टुरेन्ट, एउटा सपिङ मार्ट, एउटा विद्यालय सञ्चालनमा छ भने डिलाईट ग्रुरुपले थप नयाँ कामको थालनी गर्ने योजना बनाएको छ ।  डिलाईट गु्रपको विभिन्न शाखामा ६५ जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।