तालीमबाट सिकेर विद्यार्थीलाई पोशाक सहयोग

तुलसीपुर
१० असोज । दाङको तुलसीपुरका महिलाहरुले तालीममा सिप सिक्ने क्रममा विद्यालयका ड्रेस सिलाएर विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् ।

                 

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको अनुदानमा सुरु भएको २ महिने सिलाई कटाई तालीम सिक्ने क्रममा विद्यार्थीका पोशाक सिलाएका थिए ।

सिलाएका ति पोशाकलाई आईतबार तुलसीपुर ७ स्थित आधारभूत विद्यालय मोतिपुरमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । तुलसीपुर ६ र ७ का महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गरिएको थियो ।


निमकान्त आचार्यको अध्यक्षता तथा वडा नं.७ का वडाध्यक्ष रामबहादुर जीसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्राबि मोतिपुरका प्रअ विश्वमाया पराजुली, धारानी बन उपभोक्ता समितिका अध्यक्ष दिपक केसी, सहभागि सरिता लामिछाने,प्रशिक्षक सिता बस्नेत, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छोटीलाल थारुलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ताराकुमारी वलीले गरेकी थिइन् । तालीममा १० महिला सहभागि थिइन ।