तुलसीपुरमा आयो ‘राडर गन’

तुलसीपुर, २ असोज ।
तुलसीपुरमा तीन सय मिटर टाढासम्म कुन गाडी कति गतिमा गुडेको छ, भन्ने थाहा पाउने ‘राडर गन’ ल्याईएको छ । इप्रका तुलसीपुरका अनुसार त्यो गनले गुडिरहेको गाडीको अंक देखाउछ । यो पहिलो पटक तुलसीपुर ल्याईएको हो ।

१५ लाख लागतमा ल्याईएको उक्त गनलाई केही दिनमा सञ्चालनमा ल्याउने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । यसले अब तिब्र गतिमा सवारी चलाउने कार्यलाई नियन्त्रणमा लिन सकिने मल्लको भनाइ छ ।


प्रहरीका अनुसार दक्षिणमा एयरपोर्ट, पूर्वमा मोतिपुर गेट, पश्चिममा भ्याली पेट्रोल पम्प र उत्तरमा डाँडापातुलाई बजार क्षेत्र मानिने छ । त्यो क्षेत्रमा तिब्र गतिमा सवारी चलाउन पाइने छैन ।