घोराहीमा पार्किङ गरेर राखेको अटोमा आगजनी

घोराही, ३१ भदौ ।
दाङ घोराहीमा बिपी चोक नजिकै रहेको एउटा घरमा पार्किङ गरेर राखिएको अटोमा आगजानी भएको छ। घरको प्रांगणमा पार्किङ गरेर राखिएको रा १ ह ४६६० नम्बरको अटोमा आज राति करिब १२ः४५ बजेतिर आगजनी भएको साहु धनि टेकबहादुर खत्रीले बताउनु भएको हो।

उहाँको अनुसार राती बाड्याङ बुडुङ पड्किने आवाज आएको सुन्दा बाहिर निस्केर हेर्दा अटो जलिरहेको अवस्थामा पाइयो र प्रहरीलाई खबर गर्दा सम्पर्क हुन नसकेको बताउनुभयो।


बिहान घटनास्थलमा प्रहरी पुगेको र आगजनीको बारेमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।