सञ्चारकर्मी मगरमाथि दुव्र्यबहार

दाङ
३० भदौ / सञ्चारकर्मी एचआर मगरमाथि दुव्र्यबहार भएको छ ।

मंगलबार तुलसीपुुर ७ स्थित गणेशपुर पार्कमा रिपोर्टिङ्कालागि गएका मगरको पार्क ब्यबस्थापन समितिका सदस्यहरुले दुव्र्यबहार गरेको बताएका छन् । पार्कको भिडियो खिच्ने क्रममा पार्क ब्यबस्थापन समितिका सदस्यहरुले हातपात गरेको उनले बताए ।

उनी प्रेस सेन्टर दाङका साधारण सदस्य समेत हुन् । यस घटनाका दोषिमाथि कडा भन्दा कडा कारवाही गर्नुपर्ने प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष राकेश बस्नेतले बताए । समाचार रिपोर्टिङ गर्न पाउनु पत्रकारको अधिकार भएको भन्दै त्यसमा कुण्डित गर्ने कार्य गलत भएको समेत उनले बताए ।


अनलाईन टिभि पत्रकार संघले पनि मगरमाथि भएको घटनाको निन्दा प्रकट गरेको छ ।साथै दोषीलाई कारवाहीको माग गरेको छ ।