मोटरसाईकलकाे ठक्करबाट तीनजना स्कुले बालिका घाइते

तुलसीपुर, २६ भदौ ।

तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट तीन जना स्कुले बालिका घाइते भएका छन् । घाईते हुनेमा तुलसीपुर–६ निबासी नवराज न्यौपानेकी १० बर्षकी छोरी नन्दिता न्यौपाने, रेशम खड्काकी १० बर्षकी छोरी गोमा खड्का र १२ बर्षकी चन्द्रा खड्का रहेको ट्राफिक    प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तम जिसीले जानकारी दिनुभयो ।


घाइतेको तीनै जना बालिका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि घर फर्किएको ट्राफिक प्रहरीले बताएको छ । तलसीपुरबाट दक्षिण तर्फ गइरहेको रा६प ७८६५ नम्बरको मोटरसाईकलले एयरपोर्टको घुम्तिमा ठक्कर दिएको थियो । बालिकाहरु मावि सेन्टर स्कुलकबाट घर जाँदै थिए । मोटरसाईक चालक तुलसीपुर –१२ कचिला निबासी ४० बर्षका रामबहादुर चौधरीले मादक पदार्थ सेवन गरेको खुलेको छ । २७ प्रतिशत मिलि ग्राम मापसे गरेको प्रहरीले बताएकाे छ । ‘बालिकाहरु पनि उपचार पछि घरमा फर्किएका छन् ।  उपचारमा लागेको सबै खर्च तिर्ने सहमति भएको छ । मोटरसाईकल हाम्रो नियन्त्रणमा छ । भोली नै दुबै पक्षबिच मिलापत्र हुने भएकाले मापसे गरेकोमा दुई हजार जरीबाना हुन्छ ।’ ट्राफिक प्रमुख जिसीले भन्नुभयो । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले  राप्ती प्रादेशिक अस्पतालमा  मापसे चेक गरेर कारबाहीका लागि ट्राफिको जिम्मा लगाउने बताउनुभयो । घटना पौने पाँच बजे भएको थियो ।