दाङ उवासंघको पहलमा २ हजार ७ सय बढीलाइ खोप

दाङ
४ भदौ / दाङ जिल्ला उद्योग बाणिज्य संघले बिभिन्न क्षेत्र संगको समन्वयमा २ हजार ७ सय बढी उद्योगी व्यवसायिहरुलार्य कोभिड विरुद्धको खोप लगाई सकेको जनाएको छ ।

हाल सम्म २ हजार ७ सय वढीलाई कोभिड विरुद्धको खोप लगाइ सकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए । फण्ट लाईनमा रहेका ब्यबसायिहरुलाई प्राथमिक्ता दिएर खोप आबश्यकताको आधारमा खोप लगाइएको उनको भनाइ रहेको छ । ब्यबसायिहरुलाई कोरोनाको खोप लगाउने अभियानमा जारी रहेको अध्यक्ष वुढाथोकी बताउछन् ।


‘सबैको समन्वयमा सबै ब्यबसायिहरुलाई कोरोनाको बिरुद्धको खोप लगाइने छ’ उनले भने । प्राथमिकताको आधारमा केहि दिन ढिलो चाडो होला तर सबैलाइ खोप लगाइने संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । यसका लागि पहल भइ रहेको छ ।

सघंका सदस्ता भएका ब्यबसायिहरुलाई प्राथमिकतामा राखेर सिफारिस गर्ने गरेको छ । खोप लगाउन बाँकी रहेका व्यवसायिहरुलाई संघमा सम्पर्क राख्न समेत संघले अनुरोध गरेको छ ।