राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निमित्त मेसुमा डा. अर्याल

तुलसीपुर, १५ भदौ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निमित्त मेडिकल सपुरिटेन्डेन्टमा डा. ओम अर्याललाई नियुक्त गरिएको छ ।

बुधबार लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयले डा. अर्याललाई निमित्त मेसुमा नियुक्त गरेको हो । नब नियुक्त निमित्त मेसु डा. अर्यालले आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेछन् ।

यस अघि अस्पतालमा निमित्त मेसुमा डा. विनोद सिंह थिए । अर्याल बरिष्ट कन्सल्टेन्ट अर्थोपेडिक सर्जन(दशौंं) तह हुन् । प्रादेशि अस्पताल तुलसीपुर लामो समयदेखि निमित्तको भरमा चलिरहेको छ ।


विगत ६ बर्षदेखि अस्पताल निमित्तको भरमा चलिरहेको छ । त्यो भन्दा अघि मेडिकल सुपरिटेन्डेन्टमा डा.भोलाराम श्रेष्ठ थिए । उनी गएपछि अहिलेसम्म निमित्तकै भरमा अस्पताल चलिरहेको छ ।