संस्कार सहितको शिक्षा आजको आवश्यकता : उपप्रमुख योगी 

दाङ, २८ चैत  ।  लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको बताउनु भयो । लमही नगरपालिका -७ कप्तानगंजमा रहेको त्रिशक्ति प्राथमिक विद्यालयमा उपस्थित भएका अभिभावकहरुसंगको भेटघाटका क्रममा उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

राम्रो शिक्षा दीक्षाका लागि विद्यालयको मात्र भर नपर्न पनि अभिभावकलाई उहाँले आग्रह गर्नु भएको छ । बालबालिका भनेका काँचो माटो जस्तै हुन्, उनीहरुलाई जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सकिन्छ त्यस कारण उनीहरुलाई आजैबाट पुस्तकमा भएका ज्ञानगुणका कुराका साथै संस्कार सिकाउनु पनि आजको आवश्यकता भैसकेको छ’- योगीले भन्नु भयो ।

साथै नगर उपप्रमुख योगीले लमही नगरपालिका -७ कप्तानगंजमा रहेको त्रिशक्ति प्राथमिक विद्यालयको अनुगमन गर्नु भएको छ । बितेको अघिल्लो आर्थिक वर्षमा नयाँ भवन निर्माणका लागि जनतासंग उपमेयर कोषबाट १२ लाख र लमही नगरपालिकाबाट १५ लाख गरि २७ लाख बजेटबाट निर्माण भएको दुई कोठे भवन र विद्यालय भवनको छेउमा निर्माण भएको शौचालयको सेफ्टी टंकीको अनुगमन गरिएको हो ।

गुणस्तरीय शिक्षाका लागि विद्यालय वरपरको वातावरण पनि अनुकुलको हुनु पर्छ, सुन्दर शान्त र रमणीय वातावरण भयो भने विद्यार्थीले राम्रो संस्कार सिक्छन”- योगीले भन्नू भयो ।


अब विद्यालय वरपर पर्खाल निर्माण, शुद्ध पिउने पानीको व्यवस्था गरिदिनु पर्ने, पानी सहितको बालमैत्री र अपांग मैत्री शौचालयको व्यवस्था हुनु पर्नेर मैदान सम्याउनका लागि यहाँका अभिभावकले नगर उपप्रमुखसंग आग्रह गर्नु भएको छ ।

यो विद्यालयको स्थापना २०७२ शुरु भएको विद्यालयले अहिले प्राथमिक तहको पठनपाठनका लागि लमही नगरपालिकाबाट अनुमति पाएको हो । अहिले यस विद्यालयमा ६० जना बालबालिका अध्ययनरत छन । दुई जना शिक्षिकाले अध्यापन गराई रहनु भएको छ ।

अर्जुन माध्यामिक विद्यालय हसनापुर र राप्ती माध्यामिक विद्यालय उच्चानिम्बु दुरिका हिसाबले टाढा छन, साना साना बच्चाहरु हिडेर त्यति टाढा जान सक्ने अवस्था छैन, ठुला विद्याल टाढा भएको कारण यहाँका स्थानीयको माग अनुशार त्रिशक्ति प्राथमिक विद्यालयको स्थापना गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदम प्रसाद योगीले बताउनु भयो ।

आगामी दिनमा यस विद्यालयको स्तर उन्नतिका लागि आफू कटिबद्ध भएर लाग्ने नगर उपप्रमुख योगीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।