राप्ती लोकमार्ग खुल्यो

दाङ
१३ भदौ / राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्डमा सूचारु भएको छ । पहिरोले गर्दा सोमबार विहानदेखि अबरुद्ध भएको लोकमार्ग दिउसो देखि सूचारु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित साततलेमा पहिरो खस्दा विहानैदेखि आवतजावत ठप्प भएको थियो ।


त्यो पहिरोलाई हटाएपछि दिउसो १२ बजेतिरबाट यातायात आवागमण सूचारु भएको हो । गएरातिदेखि नियमित परेको बर्षादले पहिरो गएको हो ।