‘मेरै कार्यकालमा राजधानी राप्ती उपत्यकामा लिन्छु’– मुख्यमन्त्री केसी

दाङ, ११ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले लुम्बिनी प्रदेशको राजधनीको नामाकरण र प्रदेशको राजधानीको मुकाम राप्ती उपत्यकालाई पारित गर्नका लागि ठूलो संघर्षबाट मात्रै घोषणा गर्न सकेको बताएका छन।

प्रदेश सरकारको पहिलो कार्यकाल देखि आफू लागेको बताउँदै “राजधानी मेरै कार्यकालमा राप्ती उपत्यका लिन्छु, यो लुम्बिनी प्रदेश सरकार र मेरो पहिलो लक्ष्य हो यो गर्नै पर्दछ हामी गर्दछौँ । ” उनले भने।

शुक्रबार मुख्यमन्त्री केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिलिकामा दाङमा बताउनुभएको हो । आफ्नो पहिलो उद्देश्य नै राजधानी निर्माण भएकाले गर्दा त्यसलाई पूर्णता दिनुपर्ने र राजधानी राप्ती उपत्यका बनाउनको लागि आफ्नो जीवन नै हत्केलामा राखेर घोषणा गरेको आफ्नो कार्यकालमै गरि छाड्ने बताए।

आफ्नो पहिलो गौरवको आयोजना मध्ये लुम्बिनी प्रदेशको राजधानी निर्माणको भएको बताउँदै त्यसका लागि जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेर नै छाड्ने बताउदै राजधानी लिने काम त्यति सहज नभएको भन्दै उनी भन्छन् –“सदनमा ठूलो संख्या राप्ती उपत्यकाको विपक्षमा नै थियो हामीलाई निकै कठिन थियो तर पनि तत्कालीन मुख्यमन्त्री र आफू कानून मन्त्री भएकोले मात्रै सम्भव भएको हो,यदी हामीले पारित गर्नका लागि निकै चुनौती थियो तर हामीले गरेको यो एउटा नयाँ कार्य हो।”

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधी र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्नका लागि सबैलाई राजधानी निर्माणको लागि कार्य विधि पारित भईसको, प्रदेश सभा भवन बनि सकेको र राजधानीको गुरुयोजना निर्माण भईसकेको, प्रदेशको राजधानीका लागि जग्गा एकीकरणका लागि कार्यदल भइसकेको बताउँदै अब त्यसलाई करिव ४ महिनामा कार्य सम्पादनका हिसावले काम गर्नका लागि अगाडि बढाउनको लागि प्रदेश पूर्वाधार प्राधिकरणले जिम्मेवारी अगाडि बढाउन निर्देश गरेका छन् ।


लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण, लुम्बिीनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर कपुरकोट ४ वटा गौरवको आयोजना भएकोले गर्दा ती गौरवको आयोजनालाई सम्पन्न गर्ने आगामी कार्यकालको सरकारको पनि कार्यभार भएको बताए ।

मुख्यमन्त्री केसीले लुम्विनी प्रदेश सरकारले राजधानी निर्माणका लागि लाग्नका लागि सबैले सयोग नगरेमा कार्यन्वययनमा दिलाई हुने बताउँदै यदी प्रदेश सरकारले जगिमन रोक्का नगरेको भएमा यति बेला राजधानी निर्माण हुने स्थल जमिनदार र व्यापारीले किनबेच गरि राजाधानी निर्माणमा बाधक शक्तिहरु लागेको बताउँदै त्यसको विरुद्ध र त्यो प्रविधिको विरुद्धमा सबै लाग्नका लागि अनुरोध समेत गर्दै राजधानी निर्माणको बजेट अभाव भन्दा पनि प्रक्रियामा ढिलाई भएको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकारले मात्रै नयाँ प्रदेशासीलाई पायक पर्ने स्थान राप्ती उपत्यकामा बनाउनको लागि राजधानी निर्माणका लागि पारित गरेकोले गर्दा त्यसलाई अगाडि बढाउनको सबै जनताको सहयोग अनिवार्य भएको बताउदै लुम्बिनी प्रदेशको राजधानीको विकासका लागि राजनीतिक दल र कर्मचारी सबै लाग्नका लागि अगाडि बढ्न अनुरोध समेत गरेका छन।

कार्यक्रमा प्रदेश पूर्वाधार प्राधिकरण प्रमुख सिइओ छवि पोख्रेलले जरी पनि आफ्नो कार्यकालमा अगाडि बढाउनको लागि सबैको सहयोग तथा समन्वयनमा कार्य गरिने बताउनुभएको छ । राजधानी निर्माणको लागि राजधानी गूरु योजना निर्माण टुङ्गिएको छ, जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय सञ्चालन भइरहेको छ, प्रदेश राजधानीको भौतिक संरचना निर्माणका लागि बोलपत्र भइसकको छ । यति मात्रै होइन प्रदेश सभा भवन निर्माण भइसकेको र राजधानी स्थापनाका लागि तयारी भइ सकेकोले प्रदेशको राजधानी निर्वाचन अगाडि नै स्थापना गरिने मुख्यमन्त्रीको पहिलो उद्देश्यले पूर्णतामा पाउनेछ ।