थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं, ३१ साउन ।
पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षणमा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १९७ जना संस्थागत आइसोलेसन र ६८ जना आईसीयूमा छन् ।


यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।