कांग्रेससंग गठबन्धन तोडे बाम गठबन्धनका बिषयमा सोच्न सकिन्छ : ज्ञावाली

रामप्रसाद सुवेदी
हापुरे, ३१ साउन ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा माओवादी केन्द्र लगायतका कम्युनिस्ट पार्टीहरुले नेपाली काङ्ग्रेससंग गठबन्धन तोडेको खण्डमा बाम गठबन्धनका बिषयमा सोच्न सकिने बताउनुभएको छ। नेकपा एमाले दाङको आयोजना तथा नेकपा एमाले बबईको ब्यबस्थापनमा सोमबारदेखि हापुरेमा सुरु गरेको जिल्लास्तरिय दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

गठबन्धनको रुपमा बाम शक्तिलाई सिद्धाउने योजना बनेको बताउदै ज्ञावालीले काँग्रेसलाई अघि लगाएर केही बाम शक्तिले गलत गरेको बताउनुभयो । गठबन्धन सरकार समाजबादको बाधक रहेको बताउदै उपाध्यक्ष ज्ञावालीले बिचार नमिल्नेसंग गठबन्धन गरेर काँग्रेस पार्टीलाई ठूलो शक्ति बनाउन लागि नपर्न बामपंथी नेताहरूहरुलाई आग्रह गर्नुभयो।

यस अघिको सरकारले गरेका क्रियाकलापलाई वर्तमान सरकारले प्राथमिकतामा नराखेको भन्दै उपाध्यक्ष ज्ञवालीले आर्थिक रुपमा देशको अबस्था धरासायी भएको जिकिर गर्नुभयो । उपाध्यक्ष ज्ञवालीले समाजबादको आधार तयार पार्नका लागि एमालेको पक्षमा मत जाहेर गर्न र पार्टी नेता कार्यर्तालाई निर्देशन दिनुभयो ।

एक अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष ज्ञवालीले अहिले बिश्वमा शक्ति देशहरुका बीच लडाईको चर्चा हुन थालेको भन्दै नेपालको भु–भाग प्रयोग गरेर चीनका बिरुद्ध षडयन्त्र भइरहेको बताउनुभएको छ । नेपालमा अमेरिकी परियोजना एमसीसी र एसपीपी त्यसका उदाहरण रहेको बताउनुभयो । अहिले अमेरिका, चीन, भारत, रुसहरुले लडाईको संकेत गरेको भन्दै नेपाली जनताले यस्ता क्रियाकलपा बिरुद्ध निर्वाचन मार्फत् एमालेलाई ठूलो पार्टी बनाउनुपर्ने बताउनुभयो ।

देशलाई दुर्घटनाबाट बचाउनका लागि मंसिरमा हुने निर्वाचन मार्फत् एमाले पहिलो शक्ति हुने बताउनुभयो । उपाध्यक्ष ज्ञवालीले नेकपा एमालेप्रति मतदाताको बिश्वास रहेको भन्दै देशलाई जोगाउने शक्ति एमाले मात्रै रहेको दाबी गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई लोकप्रिय मत प्राप्त भएको प्रसंगको स्मरण गर्दै नेकपा एमालाई मात्रै देशको चिन्ता रहेको बताउनुभयो । ।


अहिले पनि एमालेका बिरुद्ध षड्यन्त्र भइरहेको बताउँदै उपाध्यक्ष ज्ञवालीले यसको जवाफ मंसिर ४ गते नेपाली जनताले दिने बताउनुभयो । एमाले पाँच दलीय गठबन्धनका बिरुद्ध मात्रै होइन अरु कति दलको गठबन्धन हुन्छ त्यसका बिरुद्ध पनि निर्बाचन मैदानमा जान्छ, एमाले एक्लै देशको पहिलो शक्ति रुपमा उदाउने बताउनुभयो ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा सोमबार नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, सचिब छबिलाल बिश्वकर्मा केन्द्रिय सदस्य द्वय जीवन गौतम र कोमल वलीले प्रशिक्षण दिनुभएको थियो । नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष नारायण पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।