धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

काठमाडौँ, २४ साउन ।
धौलागिरी लघुवित्तको प्राथमिक सेयर (आईपीओ)को बिक्रीका लागि आवेदन खुलेको छ । कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि बाँडफाँट हुनेछ ।


आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैंकको जुनसुकै शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । प्रधान कार्यालय बागलुङ जिल्लामा रहेको यो लघुवित्तको आर्थिक वर्ष २०७७/७८ सम्म प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ ।