सुपर लघुवित्तका कर्मचारीलाई स्वागत

तुलसीपुर
१६ साउन / सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीलाई स्वागत गरेको छ । संस्थाको ऋणमा अनियमितता गरेको अरोप लागेर प्रहरी हिरासमा रहेका कर्मचारी छुटेपछि उनीहरुलाई स्वागत गरिएको हो ।


संस्थाका कामु सिइओ बुद्धिराम चौधरी, तुलसीपुर शाखामा कार्यरत सञ्जिव चौधरी ,विजौरी शाखाका प्रमुख यशोदा थापा र कुशुम चौधरीलाई संस्थामा स्वागत गरिएको हो । उनीहरुलाई शुक्रबार प्रहरी हिरासतबाट छोडिएको हो ।

उनीहरुको स्वागत गर्दै कार्यरत अन्य कर्मचारीले संस्थालाई माथि पु¥याउन ति कर्मचारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पुनः काममा आएपछि खुसी ब्यक्त गरेका थिए ।