लायन्स क्लब दाङ क्यापिटलद्वारा बृक्षरोपन

तुलसीपुर
१४ साउन / लायन्स क्लव अफ दाङ क्यापिटलले तुलसीपुर ८ अस्वारा स्थित मेट्रो अस्पतालमा बृक्षरोपन गरेको छ ।

बृक्षरोपनको महत्व चुलिएको भन्दै यसलाई प्रोत्साहन गर्न आफूहरुले यस्तो कार्यक्रम आयोजना गरेको अध्यक्ष हिमाल डाँगीले बताए । बृक्षरोपनले बातावरण बिग्रने, जलबायु परिबर्तन, स्वास्थ्य समस्या लगायतका समस्याहरु निराकरण गर्ने भएकाले सबैले बृक्षरोपन गर्नुपर्ने उनले बताए ।


शनिबार अस्पताल परिसरमा बिभिन्न विरुवा रोपिएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, वडाध्यक्ष धर्मराज वली, लायन्स क्लवका एरिया चिफ टेकन कडेल, सुरेश हमाल, झरेन्द्र खरेल, बिनोद शर्मा, मेघराज घिमिरे, इश्वरी पाण्डे, पदम पोखरेल, प्रकास भट्ट, गोरख ओलीलगायतको सहभागितामा बृक्षरोपन गरिएको हो ।