श्रीमान–श्रीमति नै अपाङ्ग, वडाले सबै उपचार खर्च व्यहोर्ने

कपिल लामिछाने
दाङ, १ भदौ । बैसाखीको साहारामा कहिले यता त कहिले उता गरिरहेका मोतिलाल बिक । उनी बिगत १० महिनादेखि देब्रे खुट्टा भाँचिएर बैसाखीको साहारामा जिवन गुजारीरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मनिकापुरका बिक आफै मात्रै पीडित छैनन् उनको श्रीमती बुद्धमती कामी पनि एउटा आँखापटक्कै देख्न सक्दिनन् भने अर्को आँखाले पनि टाढाको कुरा ठम्याउन सक्दिनन् । ३ बर्षको छोरा दुर्गा बहादुर बिकको पनि देब्रे खुट्टाको समस्याले अप्रेशन गर्नुपर्ने भएको छ ।

२०७७ असोज २४ गते साँझ बाटोमा हिडिरहेको बेला मोतिलाल बिकलाई मोटरसाईकलले ठक्कर दिएर भागेको थियो । ठक्कर पश्चात मोटरसाईकलले केही ओैषधी उपचार र राहत दिएपनि उनलाई के पुग्थ्यो र?

बिक सोमबार तुलसीपुर उपमहागरपालिका वडा नं १८ को कार्यालयमा राहत लिन आएपछि उनका सबै पिडा सुन्दै वडा अध्यक्ष माधववल वडा सदस्यहरु धन बहादुर बस्नेत र शितल प्रसाद बुढा मगर र वडा सचिव रामकुमारी मरासिनी उनको सम्पुर्ण खर्चहरु वडाले ब्यहोर्ने बताएका छन् ।


दुर्घटना भएदेखि नै वडाले सहयोग गर्दै आईरहेको मोतिरामको परिवारलाई वडाले १० महिनासम्म खाद्यन्नका सम्पूर्ण सामग्रीहरु वितरण गरिसकेको छ । रोग र भोकबाट कोहीपनि मर्नु पर्दैन भन्दै वडाले अतिबिपन्न परिवारहरुलाई पनि बेलाबेलामा राहत वितरण गरिरहेको वडा अध्यक्ष माधव वलीले जानकारी दिए ।

मोतिलाल बिक कि श्रीमतीले आँखा नदेख्ने भएपछि वडाले अपाङ्गभत्ताका लागि पहल गर्दै उनको उपचारका लागि सहयोग गरेको हो । मोतिलाल कै छोरा दुर्गा बहादुरको खुट्टाको उपचारका लागी समेत वडाले बिभिन्न निकायसँग समन्वय गरी उपचार गरेपछि अहिले उनी हिड्न सक्ने भएका छन् ।

बिक दम्पतीले सोमबार वडाले हाम्रो लागि आफ्ना बुवा आमाले गर्ने भन्दा बढि माया,सेवा र सहयोग गरेको बताए । बिक दुर्घटनाबाट घाईते भएपछि हिडडुल गर्न सक्दैनन् भने उनका माथीका ४ वटा दात समेत खसेका छन् ।