तुलसीपुरको गुरुजजुर माविमा वृक्षारोपन

रोशन बोहरा
तुलसीपुर, ३ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका- ४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यमिक बिद्यालयका विभिन्न ठाउँमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ। आहा मेरो स्कूल सरसफाई अभियानको आयोजनमा सोमबार सो कार्यक्रम सम्पन्न गरिएको हो । गत साल २०७८ फागुन २६ गतेदेखि शुरु भएको उक्त अभियानले सोमबार विद्यालयमा बृक्षारोपन कार्यक्रम सञ्चालन गरेको थियो ।

अभियानले औपचारिक कार्यक्रम गरि अभियानको नाम परिवर्तन गरिएको क्लब गुरु जजुर राखेको छ। जसको संयोजक समेत रहनु भएका केबि वलीको अध्यक्षता र प्राध्यापक बिष्णु कुमारी खत्रीको विशिष्ट अतिथिमा गरिएको कार्यक्रमले कक्षा १२ मा अध्यनरत विद्यार्थी बिशाल वलीलाई नयाँ कार्यसमितिको अध्यक्षमा नियुक्त गरेको छ।


आफ्नो मन्तव्य राख्दै संयोजक समेत रनुभएको केबि वलीले आजसम्म हामीले गरिउ अब बाँकी रहेका काम हजुरहरुको हातमा दिएर हामी गएको र साथ सहयोग सधै गरि रहने समेत बताउनु भयो । यो अभियान हिजोदेखि सरसफाइ मुक्त बिद्यालय र गुणस्तरीय शिक्षाको निम्ति लागि रहेको र अझै लाग्न हजुरहरुलाई सात सपोट गरिरहे भनी नयाँ निर्वाचित सम्पुर्ण साथीहरूलाई हौसला प्रदान गर्नु भएको थियो। उहाँले भन्नुभयो सम्पुर्ण कक्षाका साथीहरुलाई पनि यस क्लबमा समाबेश गर्नुपर्ने भएको कारण सोमबार अध्यक्ष मात्र छनोट गरिएको र अरु सदस्य केहि दिनमा छनोट हुने बताउनु भएको छ।

उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वरीप्रसाद गैरे,प्राध्यापक विष्णु कुमारी खत्री,र सम्पुर्ण शिक्षकहरु उक्त अभियानका संयोजक के।बि वली सचीव रोशन बोहरा,सदस्य आकाश,कमला दिल्ली, सुरज, लगायत अन्य सदस्यहरु र कक्षा १२का विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कक्षा १२ मा अध्ययनरत विद्यार्थी बिशाल वलीले गर्नुभएको थियो ।