नेपाल प्रहरीका ३६ डीएसपीको बढुवा सिफारिस

काठमाडौं, २९ असार ।

नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सो सिफारिस गरेको हो ।


सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ ।