जहाँ अभाब, त्यहाँ ‘जेसिज तुलसीपुर’

तुलसीपुर
२४ असार / सामाजिक काम भनेकै जहाँ अभाब हुन्छ, त्यहाँ पुग्ने हो ।त्यही काममा सक्रिय देखिन्छ, तुलसीपुर नगर जेसिज । तुलसीपुर नगर जेसिजे शुक्रबार तुलसीपुर ११ को एक विद्यालयमा खानेपानी फिल्टर सहयोग गरेको छ ।

जहाँ विद्यार्थीहरुले फिल्टर नहुँदा सुद्ध पानी पिउन असहज अबस्था थियो । त्यसलाई मध्येनजर गर्दै जेसिज तुलसीपुरले फिल्टर उपलब्ध गराएको हो । मावि कटाहमा पानी फिल्टर हस्तान्तरण गरिएको हो । ‘के एन्ड के किचन एप्लाइन्सेसको सौजन्य’मा उक्त फिल्टर उपलब्ध गराईएको हो ।

तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षतामा तथा तुलसीपुर ११ का वडाध्यक्ष मानबहादुर रावतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रावतले सामाजिक कामकालागि जेसिजले गरेको भूमिकाको प्रशंसा गरेका थिए । उनले जहाँ अभाब हुन्छ, त्यहाँ पुग्नु नै सामाजिक कार्य भएको बताएका थिए ।


कार्यक्रममा जेसिज तुलसीपुरका पूर्व अध्यक्ष झरेन्द्र खरेलले मानव जीवनमा पानी अपरिहार्य भएकाले पानीलाई सुद्ध खुवाउनकालागि जेसिज तुलसीपुरले गरको कार्य सर्हानीय भएको बताए । उनले जेसिज सामाजिक संस्था भएकाले विगतदेखि नै यस्ता सामाजिक कार्य गर्दै आएको बताए ।

विद्यालयमा पानी फिल्टरको अभाब भएको अबस्थामा जेसिज तुलसीपुरले गरेको यो कार्य प्रशंसनीय भएको विद्यालयका प्रध्यानाध्यापक टंकप्रसाद भण्डारीले बताए । अहिले पनि धेरै सामुदायिक विद्यालयहरु बत्तिमुनीको अध्यारो रहेको भन्दै त्यसमा राज्यले पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका सयोजंक एव जेसिजका वर्ष २०२२ का प्रवक्ता छवि कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष सन्दिप भुसालले जेसिज आस्था बाचन गरेका थिए ।कार्यक्रमको सहजीकरण महासचिव पूर्णबिक्रम डांगीले गरेका थिए ।