माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभाग अध्यक्षमा कुबेर ओली

तुलसीपुर
२३ असार / नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको अध्यक्षमा दाङका कुबेर वलीलाई चयन गरिएको छ ।

पार्टीको विहीबार बसेको बैठकले ओलीलाई केन्द्रीय निर्वाचन विभागको अध्यक्ष मनोनित गरेको हो । केन्द्रीय निर्वाचन आयोगको अध्यक्षको बरियता पार्टीको स्थायी कमिटि सदस्य सरह हुन्छ । वली दाङका पुराना कम्युनिष्ट नेता हुन् ।

पटक–पटक उनलाई पार्टीले किनारा पारेको भन्ने गुनासो आउने गरेको थियो ।


यसअघिका निर्वाचन विभाग प्रमुख विष्णुपुकार श्रेष्ठ चीनको लागि राजदूतमा नियुक्त भएकाले रिक्त ठाउँमा दाङका पुराना नेता ओलीलाई सो जिम्मेवारी दिइएको हो ।